१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेको सम्पर्क समन्वय कमिटीको सचिवमा आरसी लामिछाने

७ साउन, काठमाडौँ । नेकपा एमालेको सम्पर्क समन्वय कमिटीको सचिवमा आरसी लामिछाने मनोनित हुनुभएको छ । गोरखाका स्थयी बासिन्दा रहेका लामिछाने अनेरास्ववियुको अध्यक्षमा पराजित हुनुभएको थियो ।

लामिछानेलाई बिहीबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सम्पर्क समन्वय कमिटीको सचिवको जिम्मेवारी दिएको हो । यसअघिका सचिव इन्द्र भण्डारी केन्द्रीय कमिटीको सदस्यमा मनोनित भएपछि रिक्त रहेको पदमा लामिछानेलाई जिम्मेवराी दिइएको हो । कमिटीको अध्यक्ष दोलखाका श्याम बस्नेत रहनुभएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १९:२८