१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बहुदलीय व्यवस्था समाप्त गरेर कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको कुरा गर्दैछन्: अध्यक्ष लिङ्देन

१७ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (एमाले) र नेपाली कांग्रेस बहुदलीय व्यवस्था समाप्त गरी दुई दलीय व्यवस्था स्थापना गर्न लागेको बताउनुभयाे ।

बिहीबार पार्टीले गरेको जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै वाहाँले २००७ साल, २०४६ साल र २०६२/०६३ सालको आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने दलहरू नै बहुदलीय व्यवस्था समाप्त गर्ने कुरा गर्दै हिँडेको लिङ्देनले बताउनुभयाे ।

२००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो र २०४६ साल पनि हामीले ल्याएको हो र २०६२/०६३ पनि हामीले नै गरेको हो भन्दै डङ्का पिट्ने कांग्रेस र कम्युनिष्ट पार्टीहरूले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशी समानुपातिक व्यवस्थामाथि खुलेआम चुनौती दिन थालेकाे पनि लिङ्देनले बताउनुभयाे ।

 ‘अरू दल, नागरिक समाज सबैले खबदारी गर्दा त एमाले र कांग्रेसको यस्ताे विकृति छ, यी दुई पार्टीमात्रै भएको देश कस्तो हुन्छ त?’ लिङ्देनले प्रश्न गर्नुभयाे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १५:४५