९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

वर्षाैपछि एमाले कार्यालयमा विद्यादेवी भण्डारी र भीमबहादुर रावल एउटै मञ्चमा

१७ साउन, काठमाडौँ । वर्षौपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्षका प्रत्यासी भिमबहादुर रावल पार्टी कार्यालयको हलको एउटै मञ्चमा देखिनुभएको छ । पछिल्लो पटक रावल राजकीय पदमा हुनुहन्थेन भने भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो ।

बिहीबार पार्टी कार्यालयमा बाढी पसेको भनेर एमाले केन्द्रीय सचिवालयको बैठक मेडिकल माफियाको उपमा पाएका विशाल पण्डितको बसेरा बुटिक होटलमा चलिरहेको समयमै उता एमाले करोडौँ खर्च गरेर बनाएको हलमा पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा कार्यक्रम सुरू भएको छ ।

जननायक तुल्सीलाल अमात्यको २७ औँ स्मृित दिवसको अवसरमा नेपालको राष्ट्रिय लोकतन्त्रिक आन्दोलन र समृद्धिको बाटो विषय विचार गोष्ठी र कहिल्यै नझुक्ने योद्धा नामको पुस्तक विमोचन कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारी र एमालेका पूर्व उपाध्यक्ष रावल एउटै मञ्चमा देखिएका हुन ।

बाढीका कारण एमालेको बैठक बस्न नसक्ने परिस्थिति भएको भनेर प्रचार गरिएको भए पनि यो कार्यक्रम भएपछि कतिपयले एमालेभित्रको अन्तरद्धन्द्धसँग जोडेर हेरेका छन ।

प्रकाशित मिति : August 1, 2024 at 2:14 pm