१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले सचिवालय बैठक आज, केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन हुँदै

१७ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेरका विषयमा निर्णय लिन एमालेले सचिवालय बैठक बोलाएको हो । यसअघि एमालेले आफ्नो भूगोलभन्दा बाहिर खटाएका नेताहरूलाई भूगोलमै फर्काउने अनुमान गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय डुबानमा परेका कारण आजको बैठक विशाल पण्डितको होटल बसेरामा बस्दैछ । सिंहदरबारकै गेट छेउमा रहेका कारण उक्त होटल रोजिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ०७:२९