२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

१६ साउन, काठमाडौँ । आज बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट भएको छ ।

जसमा ४ हजार ६७२ जनाले १० कित्ताका दरले ४६ हजार ७२९ कित्ता सेयर पाएका छन् भने बाँकी रहेको ९.५४ कित्ता ९ जनालाई १/१ कित्ताला दरले बाँडफाँट गरिएको  बिक्री प्रबन्धकले जनाएको छ ।

वामी लघुवित्त र साविकको सूर्योदय लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २.४ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न कम्पनीले एफपिओ जारी गरेको हो।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ ले एक आपसमा गाभ्ने/गाभिनका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन अनुसार कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपिओ जारी गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट तथा मेरो सेयर एकाउन्टबाट एफपिओको नतिजा हेर्न सक्नेछन् ।

प्रकाशित मिति : 11:37