९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत माग्दै

१५ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज बागमती प्रदेशसभामा  विश्वासको मत माग्दैछन । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिन मिल्ने भए पनि लामाले सात दिनमै विश्वासको मत माग्न लागेका हुन ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्ने छन ।

प्रकाशित मिति : July 30, 2024 at 8:04 am