९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

सिन्धुलीको मुलकोट र हलेसीमा पनि खुल्यो पौवा रिसोर्ट

९ साउन, काठमाडौँ । सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा होटल पौवा प्रालीले पौवा रिसोर्ट सञ्चालनमा ल्याएको छ ।

बुधबार कम्पनीले एक कार्यक्रम आयोजना गरी एकैसाथ दुई ठाउँमा रिसोर्ट सञ्चालनमा ल्याएको जानकारी गराएको हो ।

कम्पनीका अनुसार दुई वटै रिसोर्ट ४५/४५ रोपनी क्षेत्रफलमा बनाइएको र मुलकोट र हलेसीमा पौवा रिसोर्ट ५०/५० करोड लगानीमा बनाइएको हो ।

नेपालको पर्यटन उद्योगलाई थप उचाईंमा पुर्‍याउन ‘मिसन एक सयुको योजना सहित अगाडि बढेको कम्पनीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

‘आठ वर्षदेखि पर्यटक उद्योगलाई विस्तार गर्नका लागि होटलमा लगानी गरिरहेका छौं,’ उनले भने, ‘काठमाडौंदेखि ९० किलोमिटरको दुरीमा रहेको सिन्धुलीको मुलकोट पर्यटकीय स्थलका लागि उत्कृष्ट गन्तव्य पनि हो ।’

खोटाङको हलेसी महादेव बौद्ध किराँत र सनातन हिन्दुहरूको संगमस्थल भएकाका कारण आन्तरिक र बाह्य धर्मालम्बीलाई लक्षित गरी हलेसीमा रिसोर्ट सञ्चालनमा ल्याइएको पनि उनले बताए ।

पौवाको ड्रिम प्रोजेक्टको रूपमा कैलाश मानसरोवर यात्राको मुख्य प्रवेशद्वार नेपालगञ्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को निर्माण भइरहेको र पौवाले अहिलेसम्म तीन वटा मोडेलमा सेवा विस्तार गरिरहेको छ । जसअन्तर्गत पहिलो मोडलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिइरहको कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : July 24, 2024 at 3:35 pm