१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

पूर्वमन्त्री डा महतद्वारा नदी कटान क्षेत्रको निरीक्षण

९ साउन, काठमाडौँ । पूर्वअर्थमन्त्री एवंं नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नारायणी नदी कटान क्षेत्रको निरीक्षण गर्नुभएको छ । भरतपुर महानगरपालिका–१७  गोब्रेनीस्थित नारायणी नदीको आज निरीक्षण अनुगमन गर्नुभएको हो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली कांग्रेस चितवनका नेतासहित उहाँले सो क्षेत्रको निरीक्षण अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्थानीयले बाढी आएर पस्नुभन्दा पहिला नै सुरक्षित गराउन माग राखेका थिए ।

महानगरपालिका–१८ का स्थानीय जीतबहादुर तामाङले यस क्षेत्रबाट बाढी पस्दा महानगरपालिकाको पश्चिम क्षेत्र डुबानमा पर्ने बताउनुभयो । नदीमा तटबन्ध गर्न सके सुरक्षित बस्न पाइने भन्दै उहाँले मझुवा सामुदायिक वन क्षेत्रबाट जुनसुकै समयमा नदी पस्न सक्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “नदी पस्नुभन्दा पहिले नै यसको तटबन्ध गरिनुपर्ने हुन्छ ।”

स्थानीयको कुरा सुनी सकेपछि नेता महतले जुन सुकै समयमा पनि नदी पस्न सक्ने भन्दै यसलाई रोक्न सक्दो पहल गर्ने बताउनुभयो । निरीक्षणका क्रममा उहाँले मझुवा सामुदायिक वनबाट नदी बस्ती छिर्ने देखिएकाले यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले आफ्नो तहबाट सक्दो पहल गर्ने आश्वासन दिनुभयो । उहाँले तत्काल के गर्न सकिन्छ सल्लाह गरेर अघि बढाइने बताउनुभयो । यस बनबाट नदी पसेमा महानगरपालिका–१७, १८, २७, २८ लगायतका क्षेत्रमा डुबान हुने स्थानीयले गुनासो राखेका थिए ।

प्रकाशित मिति : 14:25