१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक, मंगलबार मात्रै बैंकहरूले राखे साढे तीन खर्ब

९ साउन, काठमाडौँ । बुधबार बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २१ दिनको लागि ४० अर्ब रूपैयाँ खिच्ने भएको छ।

५० अर्ब निक्षेप राख्ने प्रस्ताव गर्दा १७ बैंक तथा वित्तीय संस्थाले ३४ खर्ब २५ अर्ब रूपैयाँ राख्न बोलकबोल प्रक्रियामा भाग लिएकामा सो समय बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदर माग गरेका थिए।

बैंकले मंगलबार मात्रै स्थायी निक्षेप सुविधाअन्तर्गत प्रणालीबाट चार दिनको लागि तीन खर्ब ५१ अर्ब रूपैयाँ उठाएकोमा बैंकहरूले यसमा ३ प्रतिशत ब्याजदर पाउँछन् ।

स्थायी निक्षेप सुविधाअन्तर्गत चालु आर्थिक वर्ष २०८१–८२ को आठ दिनमा मात्रै यस बैंकले पटक पटक गरेर १४ खर्ब ५६ अर्ब रूपैयाँ उठाएको मध्ये तीन खर्ब ५१ अर्ब रूपैयाँ मात्रै बैंकहरूमा फिर्ता हुन बाँकी रकम हो ।

प्रकाशित मिति : July 24, 2024 at 12:39 pm