१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको अवस्था संसदलाई जानकारी गराउन सांसद झाको माग

८ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले बंगलादेशमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपाली  विद्यार्थीहरू सुरक्षित अवस्थामा रहेपनि सरकारले त्यसबारे संसदलाई विस्तृत रूपमा जानकारी गराउनुपर्ने बताए।

‘नेपालबाट बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरू आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए। धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन,’ उनले भने, तर त्यो सबै परिस्थितिको बारेमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्छ ।  तसर्थ त्यो जानकारी उपलब्ध गराईदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’

प्रकाशित मिति : 15:09