१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

होटल संघका प्रतिनिधि र अर्थमन्त्री पौडेलबीच छलफल

८ साउन, काठमाडौँ । होटल संघ नेपालका प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बढ्दै गएको होटल संख्याको अनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न नीतिगत सुधार गर्नेतर्फ सरकार सक्रिय रहेको बताए।

बढ्दै गएको होटलहरूको संख्या र क्षमता उपयोग गर्न पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा उडान बढाउनुका साथै पर्यटकीय तथा राष्ट्रिय महत्त्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गहरूको विस्तार र स्तरोन्नति निश्चित समयभित्र कार्य सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको र व्यवसायीहरूले लामो समयदेखि होटल क्षेत्रलाई उद्योग सरहको मान्यता दिने माग प्रति सरकार सकारात्मक रहेको र नीतिगत सुधार गर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

होटल संघका अध्यक्ष विनायक शाहले होटलको संख्या तथा क्षमता बढे अनुरूप माग बढ्न नसकेको गुनासो गर्दै यसका लागि मौद्रिक नीतिमा सरकारी पहल आवश्यक रहेको विवरण प्रस्तुत गरी ज्ञापनपत्र पेस गरे।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १४:०५