९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत

७ साउन, काठमाडौँ । विधायनसम्बन्धी विधेयक, २०८० सर्वसम्मत स्वीकृत भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभाबाट पारित भई आएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सभामुख देवराज घिमिरेले विधायनसम्बन्धी विधेयक २०८० लाई निणयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको जानकारी गराउनुभयो । उहाँले उक्त विधेयकमाथि संशोधन हाल्न चाहने ७२ घण्टाभित्र पेस गर्न आग्रह गर्नुभयो । मन्त्री चौरसियाले राष्ट्रियसभाबाट उत्पत्ति भएर विधायन समितिमा व्यापक छलफल भएपश्चात् प्रतिनिधिसभामा विधेयक प्राप्त भएको र विधेयकमा विषयविज्ञहरूसँग परामर्श गरेर मात्र विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

उक्त विधेयकमाथि सांसदहरू विराजभक्त श्रेष्ठ, रघुजी पन्त, सन्तोष परियार, हितराज पाण्डे, मनिष झा, योगेशकुमार भट्टराई, शिशिर खनाल, अशोककुमार चौधरी, ध्रुर्वबहादुर प्रधान, नागिना यादव, जुलीकुमारी महतो महाशेठ, माधव सापकोटा, प्रतिमा गौतम, प्रेम सुवाल, सुमना श्रेष्ठ र रामकृष्ण यादवले भाग लिनुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते मङ्गलबार १ बजे बस्नेछ ।

प्रकाशित मिति : July 22, 2024 at 6:19 pm