८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, ११ जना घाइते

२८ असार, काठमाडाैँ । सिन्धुलीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शुक्रबार बिहान पौने १२ बजे गोलोन्जोर गाउँपालिका-७ स्थित सुनकोसी मरीन डाइभर्सन नजिक नम्बर नखुलेको आइस अनियन्त्रित भइ सडकबाट तल खसेर दुर्घटनामा परेको हो।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको आइस आफैँ अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। दुर्घटनापछि सशस्त्र प्रहरीको विपद ब्यबस्थापन सुरक्षा बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ४ जना गोताखोर सहित ७ जना खटिएका छन्।

घाइतेलाई उद्धार गरी उपचारको लागि शुभ जीवन अस्पताल खुर्कोट लगिएको छ।

प्रकाशित मिति : July 12, 2024 at 1:37 pm