५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

आज यी स्थानमा भारी बर्षा हुने

२८ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभाव सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ । मनसुनी वायुको प्रभाव शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही बागमती, गण्डकी, मधेस र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरू र कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो मधेश, बागमती, कोशी, र  गण्डकी  प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी  प्रदेशको  थोरै  स्थानहरूमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि  देशभर बदली  रही मधेश, बागमती, कोशी,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र कर्णाली, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा र मधेश, गण्डकी, कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा राति पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ०९:२८