८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्विप

२६ असार, काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ।

प्रकाशित मिति : July 10, 2024 at 2:09 pm