५ मंसिर २०८१, बुधबार | Wed Nov 20 2024

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

२६ असार, काठमाडौँ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताउनुभयो ।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका साथै मनाङ जाने यात्री प्रभावित भएका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १३:३२