१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

च्यासलमा एमाले सचिवालय बैठक, यी एजेण्डामा छलफल जारी

२६ असार, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बुधबार दिउँसो च्यासलमा बसिरहेको बैठकमा पछिल्लो  समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल भइरहेको छ ।

बुधबारको बैठकले मन्त्री छान्न मापदण्ड पनि तय गर्ने उपमहासचिव ज्ञवालीले बताए । यधपी, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि ठोस निर्णय गर्ने  र सहमतिअनुसार पहिलो चरणमा केपी शर्मा ओलीले सरकारको नेतृत्व  गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १३:०१