७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सुजलको ‘डिलाइट डेरी व्हाइटनर’ अब नेपालभर पाइने

२५ असार, काठमाडौँ । सुजलको ‘डिलाइट डेरी व्हाइटनर’ पाउडर दूधलाई फुड्स प्रालिले बजारमा ल्याएको छ ।

देशको विभिन्न स्थानबाट संकलित दूधलाई उच्च प्रविधि तथा मेसिनरीको सहायताबाट गुणस्तर मापन गरी डिलाइट डेरी व्हाइटनर पाउडर तयार गरिएकाले व्हाइटनर पाउडर शत प्रतिशत अन्तर्राष्ट्रियस्तरको उत्पादन भएको कम्पनीले जनाएको छ।

व्हाइटनर पाउडर गाई, भैंसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण  हुनुका साथै दूध चिया, कफी तथा अन्य दूधका परिकारहरूलाई अझै स्वादिष्ट बनाउने कम्पनीको भनाइ छ । आधुनिक मेटालिक प्याकेजिङका कारण यो पाउडर १२ महिनासम्म ढुक्क भइ प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ ।

डिलाइट डेरी व्हाइटनर नेपालभरी बिगमार्ट, भाटभटेनी, सेल्स बेरी, जस्ता प्रमुख स्टोरहरूमा र  विभिन्न किराना पसलहरू तथा अनलाइन सपिङ साइटहरूमा उपलब्ध रहेको छ । उक्त पाउडर दुई एसकेयु ४०० ग्रामका लागि ४७० र ८०० ग्रामका लागि ९०० रूपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति : July 9, 2024 at 3:11 pm