११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

युक्रेनविरूद्ध लडिरहेका भारतीय नागरिकलाई छाड्न प्रधानमन्त्री मोदीको आग्रह

२५ असार, काठमाडौँ । युक्रेनविरूद्ध लडिरहेका भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि अहिले रूसमा छन् ।

सोमबार साँझ रात्रीभोजमा पुटिन र मोदीबीच भेटवार्ता भएको थियो । उक्त वार्तामा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न राष्ट्रपति पुटिन समक्ष अनुरोध गरेको भारतीय समाचार एनडिटिभीले जनाएको छ।

मोदीको अनुरोधसँगै रूसले युद्धमा सहभागी भएका भारतीय नागरिकलाई फिर्ता गर्ने सहमति जनाएको हो ।एनडिटिभीका अनुसार युद्धमा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रकाशित मिति : July 9, 2024 at 11:47 am