एमालेले बोलायो सचिवालय बैठक
२३ असार, काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंगलबार दिउँसो १२ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बाेलाइएकाे हाे ।
केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ । आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो ।
यही असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । उक्त सहमतिपछि एमालेले यही असार २० गते वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्रीहरू सरकारबाट बाहिरिएका थिए ।
प्रकाशित मिति : २३ असार २०८१, आईतवार २०:४७