८ असार २०८३, सोमबार | Mon Jun 22 2026

मनकामना केबलकार ५० दिन बन्द रहने, यस्ताे छ कारण

२३ असार, काठमाडौँ । मनकामना केबलकारको स्तरोन्नति हुने भएसँगै असार ३१ गतेदेखि ५० दिन केबलकार बन्द हुने भएकाे छ । हाल एनालग प्रविधिमा चलिरहेको केबलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो। यसको लागत ५० करोड रुपैयाँको हुने कम्पनीले जनाएको छ ।

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबुलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ। त्यस्तै, हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ।

केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेको कम्पनीले जनाएको छ । केबुलकाारको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै, मेन केबल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ, जसको लम्बाइ करिब ६ हजार ५ सय मिटरको हुने बताइएको छ ।

प्रकाशित मिति : July 7, 2024 at 2:36 pm