१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

प्रतिनिधिसभा बैठकः प्रतिपक्षी बेन्चमा बस्यो एमाले

२३ असार, काठमाडौँ । नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । कांग्रेससँग सत्ता सहयात्रा तय गरेको एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आइतबारको बैठकमा सत्तापक्षबाट प्रतिपक्षी बेन्चमा सरेको हो ।

बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेन्चमा देखिएका हुन् । संसद बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीले ततल्कालै राजीनामा दिनुपर्ने माग गरेको छ ।

तर प्रधानमन्त्री प्रचण्डले भने राजीनामा नदिएर संसदमा विश्वासको मत लिने भएका छन् । उनले असार २८ गते विश्वासको मत लिँदैछन्।

एमाले र कांग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १३:४९