१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

राजीनामा नदिएपछि मधेश सरकारले गरे छ जना मन्त्री बर्खास्त

२२ असार, काठमाडाैँ ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उहाँरूले राजीनामा नदिएपछि उहाँहरूलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले  बताउनुभयो । मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गर्नुभएको हो । प्रदेशसभामा आज उहाँले विश्वासको मत लिने कार्यसूची छ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १४:०१