१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमालेले बाेलायाे संसदीय दलको बैठक

२२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान १० बजे संसद् भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश वर्तौलाले बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच हालै सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १२:२५