४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

‘उज्यालो इटहरी’ अभियान, बिजुलीका पोलमा बत्ती जडान सुरू


२० असार, काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको छ ।

इटहरी–१ स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।

सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युत्का खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उहाँले बताउनुभयोे ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १०:२१