३ श्रावण २०८१, बिहीबार | Thu Jul 18 2024

पहिरोका कारण मार्तडी–कोल्टी सडक अवरुद्ध, सवारी साधान ठप्प


१८ असार, काठमाडौँ । अविरल वर्षाले पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १०:५९