४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

नेपाल आइडल विजेता करणले प्राप्त गरे प्रचण्डको हस्ताक्षरसहितको गितार


१२ असार, काठमाडाैँ । नेपाल आइडल विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षरसहितको गितार प्राप्त गर्नुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रचण्डले बधाइ दिँदै गितार उपहार दिनुभएको हो । । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिनुभएको छ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको प्रचण्डले बताउनुभयो। सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गर्नुभयो । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ०९:०६