१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

गरिमा क्यापिटलको सञ्चालकमा ढकाल र जैसवाल

११ असार, काठमाडाैँ । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति सदस्यमा स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल र गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल नियुक्त भएका छन । गरिमाले मंगलबार विज्ञप्ति जारी गर्दै सञ्चालकहरूको हेरफेर भएको बारेमा जानकारी गराएको छ ।

मंगलबार भएको सञ्चालक सिमितको बैठकले दुबै नयाँ सञ्चालकलाई स्वागत गरेको प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले जानकारी दिएका छन । गरिमाको अध्यक्षमा दिपक पाण्डेय रहेका छन भने अन्य सञ्चालकमा अनिल रेग्मी र महेश प्रसाद काफ्ले रहेका छन ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १३:४८