१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको सोह्रौं बैठक जारी

११ असार, काठमाडौँ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको सोह्रौं बैठक काठमाडौंमा जारी छ ।

आज बिहान साढे १० बजेदेखि सुरु भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  बैठकमा चीनका तर्फबाट उपविदेशमन्त्री सुन वेइतोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले गरेका छन् ।

चीनका उपविदेशमन्त्री वेइतोङले  सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका हुन् । बुधबारसम्म नेपालमा रहने र वेइतोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १२:२७