१ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा नेपाल टेलिकमको फाेरजी सेवा विस्तार

७ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फाेरजी मोबाइल सेवा विस्तार गरेको छ । कास्कीको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बीटीएस जडान गरेर फाेरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी फाेजी बनाइएको छ । यो टावर समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेकाे टेलिकमले जनाएको छ ।

योसँगै यस क्षेत्रका स्थानीय, घुम्न आउने पर्यटकहरू तथा अन्य व्यवसायीहरू समेत नेपाल टेलिकमको फाेरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १८:३६