१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

कांग्रेस र राप्रपाद्वारा कोशी प्रदेशसभा बैठक बहिष्कार

५ असार, काठमाडौँ । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको आजको बैठक प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले बहिष्कार गरेका छन् ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ ९४० बमोजिम आर्थिक वर्ष २०८१÷८२ को आर्थिक विधेयकमाथि सभामा छलफल हुने बैठकको कार्य सूची थियो । निर्धारित समयभन्दा ढिला प्रदेशसभा सञ्चालन गर्न सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।

सभामुख विष्टको आग्रहपछि कांग्रेसका प्रदेशसभा सदस्य गोपाल तामाङ र राप्रपाका सबिना बजगाईंले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गर्नुभयो । उहाँहरुले रातो किताबमा उल्लेखित बजेट र योजनाबाट निर्वाचनमा मतदातासामु  गरेको बाचा पूरा नहुने धारणा राख्नुभयो । लगत्तै उहाँहरुले संसदीय दलको निर्णय भन्दै बैठक बहिष्कार गर्ने घोषणा गर्नुभयो । सत्तापक्ष र प्रतिपक्षबीच सदनको गतिविधि अघि बढाउन अहिले वार्ता भइरहेको कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १५:१३