१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

सिडमा पुनः निर्वाचित भएकोमा बन्दनालाई सञ्चारिका समूहको बधाई

३ असार, काठमाडाैँ । बन्दना राणा संयुक्त राष्ट्रसङ्घीय महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धी (सिड) कमिटीको सदस्य पदमा पुनः निर्वाचित भएकोमा सञ्चारिका समूह नेपालले बधाई कार्यक्रमको आयोजना गरेको छ।

सञ्चारिका समूहको सस्थापक अध्यक्ष तथा सल्लाहकार समेत रहनुभएकी राणालाई सोमबार सञ्चारिका समूहले केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर बधाई तथा शुभकामना दिएको हो ।

राणा सिड कमिटीको सदस्यमा पुनः निर्वाचित हुँदा सम्पूर्ण नेपालीको शिर उच्च भएको सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले बताउनुभयो ।

राणाले सञ्चारिका समूहको सम्मानका लागि आभार प्रकट गर्दै आफू उक्त ठाउँमा पुग्नका लागि सञ्चारिका समूह प्रमुख  आधार रहेको बताउनुभयो । उहाँले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत प्रकट गर्नुभयाे ।

कार्यक्रममा सञ्चारिका समूह नेपालका पूर्व अध्यक्षहरू बबिता बस्नेत, निर्मला शर्मा, नितु पण्डित लगाएत  सल्लाहकारहरू तथा अन्य सदस्यकाे उपस्थिति रहेको थियो।

राणा सबैभन्दा बढी १४६ मत प्राप्त गरेर सिड कमिटीको सदस्य पदमा पुनः निर्वाचित हुनुभएको थियो । २३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।

प्रकाशित मिति : June 17, 2024 at 9:25 pm