१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

शेयर बजारमा सामान्य अंककाे वृद्वि

२० मंसिर, काडमाडाैं । बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ ।

सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् नौ दशमलव ८१ र उत्पादन दुई दशमलव ६२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ दुई दशमलव ५५, होटल शून्य दशमलव ६५, विकास बैंक तीन दशमलव ३१, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ३५ दशमलव ५९, अन्य शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४ र जीवन बीमा ४४ दशमलव शून्य सात बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् ।

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

प्रकाशित मिति : December 6, 2018 at 5:03 pm