१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

संसदीय समितिको निर्देशनपछि पशुपतिको वृद्धाश्रममा रहेका १६३ जनाले नागरिकता पाउँदै

२० मंसिर, काठमाडाैँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको निर्देशनमा पशुपति वृद्धाश्रममा देखिएका समस्या समाधान भएको छ । समितिका सभापति निरुदेवी पालको संयोजकत्वमा गएको टोलीले गत असोज २१ गते पशुपति क्षेत्रभित्र रहेका वृद्धाश्रमको निरीक्षण अवलोकन गर्नुभएको थियो ।

सो अवसरमा वृद्धाश्रमले खानेपानीको समस्या, वातावरण नै दुर्घन्धित पार्ने गरी बनाएको सार्वजनिक शौचालय, नागरिकता तथा वृद्धाश्रम बनाउन आवश्यक जग्गाको समस्या रहेको जनाएको थियो ।

सभापति पालले वृद्धाश्रममा देखिएको समस्या समाधानका लागि समय तोकेर नै सम्बन्धित निकायलाई निर्देशन दिएपछि उक्त स्थानमा खानेपानीको व्यवस्थापन भएको छ भने दुर्घन्धित रुपमा रहेको सार्वजनिक शौचालय बन्द गरिएको छ ।

वृद्धाश्रममा बसोबास गर्दै आएका १६३ वृद्धवृद्धाको नागरिकता नभएका कारण सरकारी सेवासुविधाबाट समेत वञ्चित हुनु परेको गुनासोका सम्बन्धमा गृहमन्त्रालयले काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गर्न लिखित जानकारीसमेत पठाइसकेको छ ।

प्रकाशित मिति : 09:09