१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

ताप्लेजुङमा पहिरोको बितण्डाः एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

३२ जेठ, ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । बाढीले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको परिवारका चार सदस्यको मृत्यु भएको हो ।

फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।

गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले घर बगाउँदा ५० वटा बाख्रा र ३० वटा कुखुरासमेत मरहेकोमरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ०७:४५