१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेपाल बैंक लिमिटेडद्धारा त्रिवि परिसरमा राख्नका लागि सडक डिभाईडर सहयोग

३० जेठ, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू सहयोग स्वरुप प्रदान गरेको छ । नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडकोे तर्फबाट शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्रा.डा. ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरे ।

कार्यक्रममा प्रा.डा. ध्यानेन्द्र बहादुर राईले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय परिसरको सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्नुहुने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिँदै प्रशंसा गरे ।

नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाका शाखा प्रबन्धक नारायण प्रसाद दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालय बिच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको अतुलनीय भूमिकाको सराहना गर्दै बैंकले सडक दुर्घटना न्यूनीकरण एवम् सडक सुरक्षित बनाउन आवश्यक सामाग्री सहयोग गर्न पाएकोमा खुसि लागेको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : June 12, 2024 at 10:16 am