८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले काठमाडौँमा दीपक निरौला प्यानलको क्लिनस्वीप

२९ जेठ, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला अध्यक्षमा पुनः दीपक निरौला विजयी भएका छन । निराैला तीन सय ७० मत प्राप्त गरी विजयी भए भने पदाधिकारी र जिल्ला कमिटी सदस्यमा सबैजसो निराैला प्यानलका उम्मेदवार विजयी भए । एमाले काठमाडाैँका निर्विरोध निर्वाचित भएका एक सदस्यका अनुसार मतदानमा दीपक निरौला प्यानलको क्लिनस्वीप नै भएको छ ।

अध्यक्षका अर्का प्रत्यासी निर्मल देउलाले एक सय ९१ मत प्राप्त गरे । निराैलालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र काठमाडाैँ इन्चार्ज अानन्द पोखरेल लगायतको समर्थन रहेको थियो भने देउलाको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिटब्यूरो सदस्य रामेश्वर फूयाँल काठमाडाैँ महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य लगायत खुलेका थिए ।

उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिव खुलामा उद्धव भण्डारी विजयी भए । यस्तै महिला उपसचिवमा विन्दु महर्जन निर्विरोध निर्वाचित भइन । यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध निर्वाचित चयन भएको थियो भने ९५ पदका लागि मंगलबार निर्वाचन भएको थियो ।

प्रकाशित मिति : June 12, 2024 at 8:36 am