१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महेश बस्नेतविरुद्ध बलात्कारको उजुरी दिने शोभा पाठक पक्राउ


२८ जेठ, काठमाडाैँ । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हाे । पाठक विरुद्ध सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने कार्य भएको भन्दै ब्यूरोमा उजुरी परेको थियो ।

ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले भने, ‘‘चरित्र हत्या गरेको भन्दै उजुरी परेपछि अदालतबाट अनुमति लिएर पक्राउ गरेका हौँ । थप अनुसन्धान भइरहेको छ ।’’

पक्राउ परेकी पाठकले नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरीसमेत दिएकी थिइन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १७:२९