१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सेञ्चुरी बैंकका तत्कालिन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ


२८ जेठ, काठमाडौँ । तत्कालिन सेञ्चुरी कमर्सियल बैंकका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको सिआइबीले जनाएकाे । यसअघि गत फागुन १५ मा बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत लगायत १० जना कर्मचारीलाई पक्राउ गरिएको थियो । उनीहरु कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका थिए । उनीहरु चैत १ गते हाजिर जमानीमा छुटिसकेका छन् ।

तर, सोमबार फेरि अध्यक्ष सहित ८ जनालाई बैंकिङ्ग कुसर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १५:४८