१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


२८ जेठ, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपियाँ तोकिएको यो सेयर जोकोहीले खरिद गर्न पाउनेछन् । खरिदका लागि न्यूनतम एक लाख कित्ता र अधिकतम सबै कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौँकाे नक्सालस्थित कुमारी क्यापिटल लिमिटेडमा आवेदन दिनु पर्नेछ । आवेदन असार ३ गतेसम्म दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १३:२१