१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

५ लाख १४ हजार नक्कली नोटसहित काठमाडाैँबाट २ जना पक्राउ


२७ जेठ, काठमाडाैँ । काठमाडाैँबाट ५ लाख १४ हजार नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १४ बस्ने ४७ वर्षीया तारादेवी डंगोल र काठमाडौँ महानगर ५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ छन् ।

डंगोललाई प्रहरीले काठमाडौँको कलंकीबाट पक्राउ गरेको हो । चिया पसल गरी बस्ने डंगोललाई एक हजार दरको नक्कली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

नक्कली नोटको कारोबार गरेको सूचना पाएपछि प्रहरीले उनको कोठामा छापा मारेर नोट बरामद गरेको थियो । यसैगरी घटनामा श्रेष्ठको समेत संलग्नता देखिएकाले खोजतलास गर्ने क्रममा उनलाई नागर्जुनस्थित पद्‌मा कोलनीबाट नियन्त्रणमा लिइएको हाे ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १६:३२