१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशककाे प्रमाणपत्र नै नक्कली, अदालतमा मुद्दा दायर


२७ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

चौधरीकाे शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा विशेष अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि मुद्दा दायर गरिएको हो । उनले मगध विश्वविद्यालय, बोधगया, भारतबाट बीए उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतको बढुवा नियुक्ति लिएका थिए ।

आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १५:२०