१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीद्धारा प्रदेश योजना आयोगको गाडीमा आगजनी


२७ जेठ, काठमाडाैँ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।

आइतवार बिहान साढे १० बजे उनीहरूले क्याम्पसअगाडि प्रदर्शन गर्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् ।

मोरङको रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको थियाे । उनीहरूको रिहाइको माग राख्दै विद्यार्थीहरू गत शुक्रवारदेखि आन्दोलित थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार ११:५३