१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कलाकार सुदर्शन थापा पक्राउ


२१ जेठ, काठमाडौँ । कलाकार सुदर्शन थापा पक्राउ परेका छन् । उनी यसअघि पनि २०७८ सालमा टेलिभिजनबाट अन्तरवार्ता दिएर फर्किदै गर्दा पक्राउ परेका थिए । चलचित्र निर्देशक समेत रहेका थापा आपराधिक विश्वासघात गरेको आरोपमा सोमबार पक्राउ परेका हुन ।

काठमाडौंको कमलपोखरीबाट थापा पक्राउ परेको प्रहरीले जनाएको छ । थापाबिरूद्ध आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले उजुरी गरेका थिए । थापाले बस्नेतको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरी बृत बौद्धमा रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार १५:१४