४ श्रावण २०८१, शुक्रबार | Fri Jul 19 2024

कोशी प्रदेशकाे नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने


२० जेठ, काठमाडाैँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १५:३१