१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला

१९ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् ।

मृत फेलापरेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार विक आज मृत फेला परेका हुन । उक्त घटनाका विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार २२:४८