१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

विदेशी विद्यार्थीलाई नेपाली भाषा, संस्कृति अध्ययन गर्न छात्रवृत्ती उपलव्ध गराइने

१९ जेठ, काठमाडौँ  । कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न भएको छ । बैठकमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले हाल नेपालले एकजना विदेशी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा अन्तरगत अन्तरर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा अध्ययन गर्न एकजना विदेशी विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएकोमा नेपाली भाषा, संस्कृति प्रथा वौद्ध दर्शन विषयमा अध्ययनको लागि समेत नेपाल सरकारका तर्र्फबाट “यूपी छात्रवृच्छि उपतव्य गराउने ८ प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा उपाध्यक्ष डा. श्रेष्ठले दक्षिण एशिया तथा दक्षिणपश्चिम एशिया उपक्षेत्रको समूह बैठक को अध्यक्षता गरेका थिए । बैठकले कोलोम्वी प्लानको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुका साथै कोलोम्बो प्लान अन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमहरू बारेमा छलफल गरेको थियो ।

पछिल्लो समयमा मुख्य गरी क्षमता अभिवृद्धि तथा प्राविधिक सहयोगमा केन्द्रित रहेको प्लानहले लागूपदार्थ विरुद्धको अभियान तथा महिला सशक्तिकरणको क्षेत्रमा समेत विशेष कार्यक्रम सञ्चालन गरि आएको छ । सन् १९५१ मा स्थापना भएको कोलोम्बो प्लानमा नेपाल सदस्य लगायत २८ राष्ट्रहरु रहेको छन् भने सो संस्थाको सचिवालय श्रीलंकाको कोलम्बोमा रहेको छ ।

प्रकाशित मिति : June 1, 2024 at 1:04 pm