३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

रगतको अभाव रोक्न जुट्यो एमाले सिन्धु-काठमाडौ सम्पर्क मञ्च

१६ जेठ, काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमाले सिन्धुपाल्चोक(काठमाडौ सम्पर्क मञ्चले काठमाडौको चाबहिल स्थित स्तुपामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम सुरु गर्दै सम्पर्क मञ्चका अध्यक्ष द्वारिका प्याकुरेलले अहिले उपत्यकामा रगतको अभाव भएको हुँदा १६ औं गणतन्त्र दिवशको अवसर पारेर रक्तादन कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा ९५ जनाले उत्साहजनक रुपमा रक्तदान गरेको आयोजक मञ्चका नेता मदन चालिसेले जानकारी दिए । रक्तदान गर्नेहरुलाई एमाले स्थायी कमिटी सदस्य तथा पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्व सचिवालय सदस्य हस्त पण्डित, सिन्धु एमालेको पूर्व अध्यक्ष कमल नेपाल लगायते प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : May 29, 2024 at 2:26 pm