१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महेन्द्ररत्न क्याम्पसमा कोर्स ओरेन्टियसन प्रोग्राम


१५ जेठ, काठमाडाैँ । महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्वास्थ्य तथा शारीरिक शिक्षा विभागको तर्फबाट तीन दिने कोर्स ओरेन्टियसन प्रोग्राम सम्पन्न भएको छ । स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका प्रमुख  प्रा.डा. ओम प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शास्त्र संकायका डीन प्रा.डा. चित्र बहादुर बुढाथोकीले प्रमुख अतिथिको रूपमा उद्घाटन मन्तव्य राखेका थिए । उद्घाटन सत्रमा क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. भिमसेन देवकोटा क्याम्पस प्रमुख सहप्राध्यापक गेहेन्द्रप्रसाद दहालले विशिष्ट अतिथिको रूपमा उपस्थिति जनाएका थिए ।

कार्यक्रममा विज्ञका रुपमा प्रा.डा. चित्र बहादुर बुढाथोकी, प्रा.डा. भिमसेन देवकोटा, प्रा.डा.दीपबहादुर अधिकारी, प्रा.डा. ओम प्रसाद बराल र प्रा.डा. पेशल खनालले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महेन्द्ररत्न क्याम्पस ताहाचल र सानोठिमी क्याम्पस भक्तपुरमा प्राध्यापनरत प्राध्यापक तथा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयका स्नातोकोत्तर तहमा अध्ययन विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका लागि विश्वविद्यालय अनुदान आयोग भत्तपुरले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रत्येक क्याम्पसमा स्वास्थ्य तथा शारीरिक शिक्षा बिषय अध्ययन अध्यापन गराईपनि समग्रमा यसले फरक सन्देश र गति लिन नसक्नुमा यस क्षेत्रका प्राध्यापकको शिक्षण कौशल र केही शैक्षिक संस्थाको भुमिकामा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको शिक्षा शास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर वुढाथोकीले मन्तव्यको क्रममा बताएका थिए । कार्यक्रमको सञ्चालन स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका उपप्राध्यापक खेमकुमार भुर्तेलले गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २३:१५