३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

बजेट ठीक दिशातर्फ उन्मुख छः डा स्वर्णीम वाग्ले

१५ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले आय र व्ययको अनुमान ठिकै रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सरकारद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटबारे प्रतिक्रिया दिदैँ उनले सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छकि गर्दैन भन्ने मूल प्रश्न रहेको छ भने । उनले भने,“यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ ।”

बजेटले प्रक्षेपण गरेजस्तो मात्रामा आन्तरिक ऋण उठाउनु नपर्ला भन्ने अनुमान सरकारले गरेको हुनसक्ने प्रतिक्रिया दिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा वाग्लेले सिँचाइ र कृषि क्षेत्रका लागि विनियोजित बजेटले यस क्षेत्रको विकासका लागि केही योगदान दिन्छ भन्ने आफूलाई लागेको बताए ।

सरकारले आगामी वर्ष पर्यटक आगमन १६ लाख पुर्याउने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियादेखि विभिन्न पर्यटकीय पदमार्गहरुको विषय बजेटमा समेट्नु सकारात्मक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : May 28, 2024 at 7:13 pm